HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

आज (फेब्रुअरी ४) विश्व क्यान्सर दिवस-नेपालमा मृत्यु हुनेमध्ये ११ प्रतिशत क्यान्सर पीडित

अप्सरा आचार्य by अप्सरा आचार्य
५ महिना अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आज (फेब्रुअरी ४) विश्व क्यान्सर दिवस । यो पटकको क्यान्सर दिवसको नारा ‘पृथकतामा एकताः क्यान्सर भोगाइका कथाहरू’ भन्ने छ । पछिल्लो समय विश्वभर नसर्ने रोगको भार बढ्दै छ । विश्वको कुल मृत्युमध्ये क्यान्सर दोस्रो स्थानमा छ । नेपालमा पनि नसर्ने रोग लागेकाहरूको संख्या बढिरहेको छ । एक दशकको अवधिमा १३ प्रतिशत क्यान्सर रोगी थपिएका छन् । सन् २०२२ मा नेपालमा क्यान्सरका २२ हजार बिरामी थपिएका थिए । यसमध्ये १४ हजारभन्दा बढीले ज्यान गुमाए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० अनुसार नेपालमा हुने कुल मृत्युमध्ये दुई तिहाइभन्दा बढी हिस्सा अर्थात् ७१ प्रतिशत नसर्ने रोग कारक बनेको छ । यसमध्ये ११ प्रतिशत व्यक्तिको मृत्यु क्यान्सरको कारण हुने गरेको सरकारी तथ्यांक छ ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ओन्कोलोजिस्ट डा. कृष्णसागर शर्माका अनुसार भने नेपालमा पछिल्ला हरेक वर्ष २६ हजार क्यान्सरका नयाँ बिरामी थपिएका छन् ।

नेपालमा फोक्सो, स्तन र पाठेघरका क्यान्सरपीडित छन् । त्यस्तै बालबालकिामा ब्लड क्यान्सर, ग्ल्याड क्यान्सर र सार्को क्यान्सर सबैभन्दा धेरै देखिएको डा. शर्मा बताउँछन् । ‘महिलामा भने पाठेघरको क्यान्सर एक नम्बरमा छ । दोस्रोमा ब्रेस्ट क्यान्सर र तेस्रोमा पेटको क्यान्सर छ,’ उनले भने, ‘पुरुषमा फोक्सोको क्यान्सर सबैभन्दा बढी देखिएको छ । प्रोस्टेट क्यान्सर, मुखको वरिपरि हुने क्यान्सर र त्यसपछि ब्लड क्यान्सर बढी भएको पाइएको छ ।’

के कारणले हुन्छ क्यान्सर ?

विश्वमा तीव्र रूपमा आएको जीवनशैली परिवर्तन, खानपान र रहनसहनका कारण क्यान्सरका बिरामीहरू बढ्दै गएका छन् । नेपाललगायत देशमा भएको सर्वेक्षणले खानपान र जीवनशैलीमा भएको परिवर्तनका साथै शारीरिक क्रियाकलापमा आएको कमीले क्यान्सरजस्ता नसर्ने रोग बढेको देखाएको छ ।

क्यान्सर विभिन्न कारणले हुन्छ । तर अधिकांश खराब जीवनशैलीका कारण हुने गरेको पाइन्छ । ओन्कोलोजिस्ट डा. शर्माका अनुसार क्यान्सरको कारण यही हो भनेर साध्य हुँदैन । तर, महिलामा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर देखिएको उनी बताउँछन् । यो क्यान्सरको मुख्य कारण सानो उमेरदेखि नै शारीरिक सम्बन्धमा संलग्न हुनु, धेरै मान्छेसँग शारीरिक सम्बन्ध राख्नुलगायत हुन् । ‘दोस्रोमा ब्रेस्ट क्यान्सर छ, यो वंशज पनि हुन्छ,’ उनले भने, ‘त्यसबाहेक महिलामा अरूलाई जस्तै देखिने क्यान्सर भएको छ । चुरोट र सूर्तीजन्य पदार्थ मात्रै रोक्न सकिए पनि आधाजस्तो क्यान्सर रोक्न सकिन्छ ।’

वातावरणीय कारण पनि क्यान्सर हुन सक्छ । चर्को घाममा बढी काम गर्दा  छालाको क्यान्सर हुन सक्छ । पोलेको मासु, अस्वस्थ खाना खाँदा, सागसब्जी कम खाँदा आन्द्राको क्यान्सर हुन सक्ने डा. शर्मा बताउँछन् ।

रोगथाम कसरी गर्ने ? 

मुख्यतः खराब खानपिन, रहनसहनका कारण क्यान्सर हुने हुँदा व्यक्ति आफू नै सचेत हुनुपर्ने अत्यन्त जरुरी देखिन्छ । सन्तुलित खाना खाने, नियमित व्यायाम गर्ने, धेरै तनाव नलिने, स्वस्थ्य जीवनशैली अपनाउन डा. शर्मा सुझाउँछन् । यसो गर्दा क्यान्सर रोकथाम गर्न सकिन्छ । उनी भन्छन्, ‘मादक पदार्थ सेवन नगर्ने, सूर्तीजन्य पदार्थ सेवन नगर्ने, धूम्रपान नगर्ने र पोलेको मासु नखाने हो भने एक तिहाइ क्यान्सर रोक्न सकिन्छ ।’

यस्तै, एक तिहाइ क्यान्सर पहिलो फेजमै पत्ता लगाउन सकिने र जुन उपचारपछि निको हुने पनि उनी बताउँछन् । त्यस्ता एक तिहाइ क्यान्सरमा सुरुमै जटिलता देखिने भएकाले उनीरूलाई प्यालियटिभ केयर (सुरुमै उपचार) गर्नुपर्ने शर्मा बताउँछन् ।

क्यान्सर नियन्त्रणमा सरकारी पहल 

स्वास्थ्य मन्त्रालयले क्यान्सर नियन्त्रणका लागि विभिन्न कार्ययोजना तथा रणनीतिहरू अघि सारेको छ । आज विश्व क्यान्सर दिवसको अवसरमा देशभरका कक्षा ६ देखि १० सम्म अध्ययनरत बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क खोप लगाइँदै छ । स्तन, फोक्सो, ब्लड, ग्ल्याड, सार्कोलगायत क्यान्सर निदानका लागि अन्य विभिन्न कार्यहरू रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । ‘अन्य क्यान्सरका लागि पनि राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० छ । यसभित्र ९ वटा रणनीति छन्, ६० देखि ६२ वटा कार्याविधि छन्,’ उनले भने, ‘सोहीअनुसार काम भइरहेको छ ।’

क्यान्सरका बिरामीलाई वा क्यान्सरबारे सेवा प्रदान गर्न प्रदेशगत रूपमा सातै वटा प्रदेशमा सेवा विस्तार गरिएको छ । ‘प्रदेशअनुसार अस्पताल तोकिएको छ,’ उनले भने, ‘मासिक कार्यक्रमहरू चलिरहेका छन् ।’

३५ किसिमका क्यान्सरको ‘किमो थेरामी’ मा प्रयोग हुने औषधि पनि सम्भवतः  माघको अन्तिमसम्म आइपुग्ने डा. बुढाथोकीले जानकारी दिए । ती औषधि सबैलाई निःशुल्क गर्न सकिन्छ कि भनेर आफू लागिपरेका उनले बताए । ‘विपन्न नागरिकको प्याकेजमा गत वर्ष १ अर्ब ११ करोड ३२ लाख ८० हजार १७२ रुपैयाँ खर्च भएको छ,’ उनले भने, ‘विभिन्न माध्यमबाट सचेतनाको कार्य भइरहेको छ । स्वास्थ्य कर कोष पनि छ । यहाँबाट रोकथाम, जनचेतना, केही उपचार, सामान खरिद गरिएको अवस्था छ ।’

क्यान्सर रोगथाम तथा उपचारका लागि सरकारी निकायको एक्लो प्रयासले भने नहुने भन्दै आम नागरिकालाई आफ्नो स्वास्थ्यमा सचेत हुन उनले सुझाव दिए ।

Previous Post

आजबाट लागु हुने गरी अण्डाको मूल्य बढ्यो

Next Post

फेरी सहकारी ठगीमा चितवन जिल्ला अदालतमा रबि लामिछाने बिरुद्द मुद्दा दायर

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

by अप्सरा आचार्य
१ हप्ता अगाडि
0

गर्मी मौसममा आँप जताततै पाइन्छ । गर्मीमा आँप खानुका धेरै फाइदा छन् । आँपमा फस्फोरस, डाइटरी फाइबर, प्रोटिन, पोटासियम, जिङ्क,...

Read more

महिनावारी ढिलाइ हुनुका आठ कारण

२ हप्ता अगाडि

भारतीय चर्चित अभिनेत्री दीपिका कक्कडलाई क्यान्सर

१ महिना अगाडि

नेपालमा पनि देखियो कोरोना- ७ जनामा पुष्टि

१ महिना अगाडि

भारतमा फेरि फैलिन थाल्यो कोरोना,२५७ जना संकर्मित दुई जनाको मृत्यु

१ महिना अगाडि
Next Post

फेरी सहकारी ठगीमा चितवन जिल्ला अदालतमा रबि लामिछाने बिरुद्द मुद्दा दायर

Discussion about this post

भर्खरै

  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल ?
  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
  • प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती
  • भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब
  • अर्घाखाँचीमा जिप दुर्घटना

ट्रेन्डिङ

  • सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल ?
    ५ घण्टा अगाडि
  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.