दाङको तुलसीपुरमा रहेको एनएमबी बैंकको शाखामा चोरी गर्न प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
आज बिहान २ बजेतिर तुलसीपुर–५ क लाईनमा रहेको बैंकमा चोरी भइरहेको सूचना पाएपछि तत्कालै इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विनोदराज खत्रीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो । प्रहरीका अनुसार तुलसीपुर–१८ दुधरास का २७ वर्षका सन्तोष चौधरी बैंकको च्यानल गेटको ताला तोडेर भित्र प्रवेश गरेिसकेका थिए।
सोही क्रममा उनलाई प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो। चौधरीको साथबाट हतौडा, छिना, प्लास, ह्याक्सा ब्लेड लगाएतका चोरी गर्न प्रयोग भएका सामग्रीहरू बरामद गरिएको छ। साथै उनी सवार रा ५ प ९७९ नम्बरको स्कुटी समेत प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।।
Discussion about this post