HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

चितवनमा प्रहरीले युवक कुटेको भिडिओ भाइरल, छानबिन गर्दै प्रहरी

अप्सरा आचार्य by अप्सरा आचार्य
४ महिना अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

प्रहरीले एक युवकलाई कुटपिट गरेको भिडिओ हिजोआज सामाजिक सञ्जाल फेसबुकलगायतमा भाइरल छ।

पावर देखाएको भन्दै प्रहरीले युवकलाई निर्घात कुटपिट गरेको भिडिओमा देखिन्छ।

यो भिडिओ सामाजिक सञ्जालमा आएपछि चितवन प्रहरीले घटनाबारे छानबिन सुरू गरेको छ।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडिओबारे सत्यतथ्य बुझ्न चितवन प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको प्रहरी प्रवक्ता एवं डिआइजी दिनेशकुमार आचार्यले जानकारी दिए।

घटना केही समय अगाडि भएको उनले बताए।

‘अहिले भाइरल बनेको भिडिओ पुस १४/१५ गते चितवनमा भएको भन्ने खुलेको छ। सम्बन्धित निकायलाई छानबिनका लागि निर्देशन दिइसकेको छ,’ उनले भने।

चेकिङमा खटिएका एक जना प्रहरीले युवकमाथि बुटले हिर्काएको भिडिओमा देखिन्छ। ‘पावर देखाएको’, ‘फोन गरेको’, भन्दै ती युवकमाथि निर्घात कुटपिट गरेका थिए।

कुटपिट घटनामा जिल्ला प्रहरी कार्यालय चितवनले छानबिन थालिसकेको एसपी गौतम मिश्रले बताए। डिएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन सुरू भएको उनको भनाइ छ।‘यसमा छानबिन हुँदैछ। त्यसपछि कारबाही हुन्छ। घटना पुरानो भन्ने पनि आइरहेको छ। पुरानो भए पनि प्रहरीले त्यसरी कोहीमाथि पनि व्यवहार गर्न पाइँदैन, अपराधी नै भए पनि आफ्नो व्यावसायिकता देखाउनुपर्थ्यो,’ उनले भने।

Previous Post

सुनको मूल्य घट्यो

Next Post

चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

मौसम : चट्याङसहित यी स्थानमा वर्षा तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना

by हो खबर
११ घण्टा अगाडि
0

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा...

Read more

देशका यी स्थानमा हुने छ वर्षा

१ दिन अगाडि

शुक्रबार हावाहुरीका कारण नवलपरासीमा २ जनाको मृत्यु, तीनको अवस्था गम्भीर

२ दिन अगाडि

पेट्रोलियम पदार्थको मूल्य घट्यो

३ दिन अगाडि

चोरमारामा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग ठप्प

६ दिन अगाडि
Next Post

चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा

Discussion about this post

भर्खरै

  • मौसम : चट्याङसहित यी स्थानमा वर्षा तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ५ गते सोमवार, हेर्नुहोस : राशिफल
  • देशका यी स्थानमा हुने छ वर्षा
  • आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ४ गते आइतवार, हेर्नुहोस : राशिफल

ट्रेन्डिङ

  • मौसम : चट्याङसहित यी स्थानमा वर्षा तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना
    ११ घण्टा अगाडि
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ५ गते सोमवार, हेर्नुहोस : राशिफल
    १२ घण्टा अगाडि
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
    १२ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.