बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
आइतबार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले रविसहित थप १४ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको हो । यसअघि २८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भइसकेको छ ।
रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितका ४२ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो दाबीसहित मुद्दा दायर गरिएको छ।
Discussion about this post