HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापामाथि कुटपिट

अप्सरा आचार्य by अप्सरा आचार्य
६ महिना अगाडि
in गृहपृष्ठ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापामाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका थापामाथि हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । थापामाथि गृह जिल्ला झापामा आक्रमण भएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले शिवसताक्षी नगरपालिका–११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका–३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई पक्राउ गरिएको बताए । एक जना भने विद्युत् प्राधिकरणका चालक रहेको केसीले बताए । उनीहरूलाई सोधपुछ भइरहेको केसीले बताए ।

थापामाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा शनिवार साँझ हातपात भएको थियो । भीआईपी सवार गाडीलाई साइड नदिएको र भीआईपी भनेर चिनेपछि हातपात गरेको प्रहरीले जनाएको छ । बा १ झ ६५३ नम्बरको गाडीमा सवार थापामाथि बा १ झ १८७० मा सवार एक समूहले हातपात गरेको प्रहरीले जनाएको छ । हातपातका क्रममा थापा घाइते भएका छन् । उनको आँखा सुन्निएको छ । बिर्तासिटी अस्पतालमा सामान्य उपचार पछि थापा घर फर्किएको झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले बताए ।विद्युत् प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको थियो । सोही विवादका क्रममा ती चालकले थापामाथि हातपात गरेका हुन् । थापाकै गाडीमा रहेका कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँका अनुसार पूर्वमुख्यमन्त्रीको गाडी हो साइड दिनुस् भनेर पिएसओले गाडी रोकेरै भनेपछि ती चालक ‘देश लुट्ने यिनै हुन्, नेता जति सबै चोर’ हुन् भन्दै आक्रोशित भएका थिए । त्यसपछि प्राधिकरणको चालक आएर एक्कासि आँखामा मुक्का प्रहार गर्‍यो ।

Previous Post

गुल्मीको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द

Next Post

सुप्रिम सहकारी ठगीमा रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

गृहपृष्ठ

प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती

by अप्सरा आचार्य
१९ घण्टा अगाडि
0

प्रधानमन्त्री केपी शर्मा ओलीको अङ्ग्रेजी भाषणको एउटा भिडियो हालसालै स्पेनमा बोलेको भनेर सामाजिक सञ्जालमा भाइरल छ। उक्त भिडियोमा प्रधानमन्त्री ओली...

Read more

पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर मुद्दा

३ दिन अगाडि

विद्यादेवी भण्डारी पुनः नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने

४ दिन अगाडि

शिक्षकहरू फेरि छिरे सिंहदरबार !

५ दिन अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणको तयारी पूरा

७ दिन अगाडि
Next Post

सुप्रिम सहकारी ठगीमा रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर

Discussion about this post

भर्खरै

  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल ?
  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
  • प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती
  • भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब
  • अर्घाखाँचीमा जिप दुर्घटना

ट्रेन्डिङ

  • सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल ?
    ३ घण्टा अगाडि
  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.