नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले एक सूचना प्रकाशित गरी लाइन मर्मत एवम् विस्तारका लागि विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो।
प्राधिकरणले क्षेत्रपाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमति करिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभरहेड लाइन जडानका लागि लाइन कटौती हुनेछ। सो कार्यका लागि क्षेत्रपाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्रमा दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म लाइन कटौती हुने सूचनामा उल्लेख छ।
Discussion about this post