शीतलहरका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा यातायात अवरुद्ध बनेको छ।नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेको यो सडक खण्ड उकालो र ओरालो रहेकाले शीतलहरका बेला सडक चिप्लो भएर यातायात अवरुद्ध हुने गरेको छ । सोही क्रममा बुधबार बिहानसम्म यातायात अवरुद्ध भएको हो । बर्दघाट नगरपालिका–४ खुर्सानी खोलास्थित पूर्व–पश्चिम राजमार्गमा हुस्सु तथा शीतलहरको कारण बाटो चिप्लो भएर दुईतर्फी आवागमन नै अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहराले जानकारी दिए । प्रहरीले ठूला र मालवाहक सवारीलाई पूर्वतर्फ दुम्किबास र पश्चिमतर्फ बर्दघाटमा रोकेको छ । यसअघि पनि वर्षामा सडक हिलो हुँदा उकालोमा सवारी चिप्लिएर यातायात अवरुद्ध हुने गरेको थियो ।
भूकम्प पीडितको टहरामा ढुंगा खस्दा दिदी–बहिनीको मृत्यु
जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दिदी-बहिनीको भिरमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा नरबहादुर...
Read more
Discussion about this post