यो साता सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार तोलामा १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य यो शुक्रबार अर्थात पुस १९ गते १ लाख ५३ हजार ५०० रुपैयाँ पुग्यो । यस आधारमा सुनको मूल्य एक सातामा २ हजार ८०० रुपैयाँ बढेको छ ।महासंघका अनुसार यो साताको साताको कारोबारको पहिलो दिन १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य त्यसको भोलिपल्ट अर्थात सोमबार बढेर तोलामा १ लाख ५० हजार ६०० रुपैयाँ पुग्यो । यस्तै मंगलबार भने घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस्तै बुधबार १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार भने १ लाख ५१ हजार ५०० पुगेको र शुक्रबार थप बढेर १ लाख ५३ हजार ५०० कायम भएको महासंघले जनाएको छ ।
पाल्पामा ५२ करोड ७६ लाखको सुन्तला बिक्री
पाल्पामा असिना पानीले फूल खेल्दै गरेका सुन्तलालाई असर पुगे पनि यस वर्ष ५२ करोड ७६ लाख ८४ हजार रुपैयाँ बराबरको...
Read more
Discussion about this post