वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका घर भएका २९ वर्षीय ओम प्रकाश चौधरी छन् । उनले ३ जना पीडितबाट १६ लाख ९२ हजार रुपैयाँ ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । उनलाई कानुनी कारवाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।
आजको मौसम ?
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाले जनाएको...
Read more
Discussion about this post