साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१२ अंकले घटेको छ । नेप्सेमा आइतबार ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार बराबरको शेयर कारोबार हुँदा नेप्से घटेर २६०९.८९ अंकमा आइपुगेको हो ।
नेप्सेमा आएको गिरावटसँगै पुँजीकरणमा समेत ०.८० प्रतिशतले गिरावट आएको छ । आइतबार नेप्सेमा कारोबार भएका कम्पनीमध्ये १७२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६९ वटा कम्पनीको शेयर मूल्य बढेको छ । २ वटा कम्पनीको शेयर मूल्यमा भने तटस्थ रह्यो ।
आजको कारोबारमा लघुवित्त, म्यूचुअल फन्ड र अन्य सूचकमा रहेका कम्पनीका शेयर मूल्यमा सुधार आयो भने अन्य सबै सूचक नकारात्मक रहे ।
जसमध्ये नेप्सेमा आज शेयर कारोबार भएका मध्ये महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै आम्दानी गरे भने सर्पोट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।
Discussion about this post