भक्तपुरको बालकोट बाबुछोरा मृत अवस्थामा भेटिएका छन् ।
सुर्यविनायक नगरपालिका-२ बालकोट फिकाधारा टोलमा खोटाङ घर भएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन आचार्य मृत फेला परेका हुन् ।जिल्ला प्रहरी परिसर, भक्तपुरकाअनुसार बाहिरबाट ताला लगाएको अवस्थामा छुट्टाछुटै कोठामा बाबुछोरा मृत भेटिएका हुन् ।
उनीहरु त्यहाँ चार वर्षदेखि डेरामा बस्दै आएका थिए ।
उनीहरुसँग बस्दै आएका कुलप्रसादका जेठा छोरा मिलन भने घटनापछि फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
अहिले भक्तपुर प्रहरी परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिए ।
Discussion about this post