आलु तथा तरकारी खेतीको हिसाबले उर्वरभुमी मानिने दोलखामा पछिल्लो वर्षहरूमा यहाँका किसानहरूले फलफूल खेतीबाट पनि राम्रो आम्दानी लिन थालेको छन् ।
दोलखामा फलफूल अन्तर्गतको सुन्तला खेतीबाटै मेलुङ र वैतेश्वरका किसानले १५ करोड भन्दा बढी आम्दानी लिने गरेका छन् ।
ई पालिकाका किसानको आम्दानीको गतिलो स्रोत सुन्तला खेती बन्दै गएको जिल्लाका व्यवसायीक सुन्तला खेतीमा लागेका किसानहरूले बताउँदै आएका छन् ।
सबैभन्दा बढी सुन्तला खेतीको बिस्तार गरिएको मेलुङ गाउँपालिकाको पवटीबाट वार्षिक १२ करोड बढीको सुन्तला उत्पादन तथा बिक्री हुने गरेको मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकरले बताए ।
Discussion about this post