मनाङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३७ मिनेटमा मनाङको ङिस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको छ।
केन्द्रले भूकम्पबाट के कति क्षति भयो भन्नेबारेमा विवरण प्राप्त नभएको जनाएको छ।
यसअघि बुधबार मात्रै बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।
Discussion about this post