सामान्यतया हामी र तपाईंले सुरुदेखि नै सुन्दै आएका छौँ कि हाँस्नु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । तर, के तपाईंलाई थाहा छ कि रुनुले पनि स्वास्थ्य राम्रो रहन्छ ।
साधाणतया हामी रुनुलाई नराम्रो कुरा मान्छौँ किनकि त्यसबेला मानिस धेरै दुःखी हुन्छ तर, रुनुका पनि आफ्नै फाइदा छन् । आउनुहोस् जानौँ रुनुले स्वास्थ्यलाई कस्तो फाइदा हुन्छ ?कहिलेकाहीँ दुःख वा तनावमा रुनुले धेरै फाइदा हुन्छ । जसरी स्वास्थ्यको लागि हाँस्नुका धेरै फाइदा छन्, त्यसरी नै अलिकति रुनुले तपाईंको मन हल्का हुनुको साथै स्वास्थ्यलाई पनि फाइदा पुग्छ ।
रुनाले धेरै रोगहरू त टाढा हुन्छ नै साथै आँखाको ज्योति पनि बढ्छ । मेडिकल युनिभर्सिटी अफ ओहायोको अनुसन्धान अनुसार रुनुले मानिसहरूले ताजगी महसुस गर्छन् र शरीर पनि हल्का हुन्छ ।
यदि तपाईं दुःखलाई लुकाएर राख्नुहुन्छ भने त्यसलाई आँसुको माध्यमबाट बाहिर निकाल्नुहोस् किनकि रुनु आँखाको लागि फाइदाजनक छ । रुनुले आँखाको ज्योति बढ्छ । आँसु आउनाले नानी र परेलाहरूले चिसोपन पाउँछन्, जसले गर्दा आँखा सुख्खा हुँदैन ।
हाम्रो आँखाबाट निस्कने आँसुमा लाइसोजाइम नामक तरल पदार्थ हुन्छ, जसले पाँचदेखि दस मिनेटमा ९० देखि ९५ ब्याक्टेरियाको सफाइ गर्न सक्छ । यसबाहेक जब हामी वा तपाईं दुःखले रुनुहुन्छ त्यस बेला शरीरमा टक्सिन केमिकल बन्न थाल्छ । रुनुले यी विषाक्त पदार्थहरू आँसुसँगै बाहिर निस्कन्छ ।
धेरै तनाव र डिप्रेसनमा रहँदा यदि तपाईं रुनुहुन्छ भने यसले तनाव कम हुन्छ । रुँदा शरीरमा एन्डोर्फिन, ल्युकाइन–एनकेफालिन नामक तत्त्वहरूको स्तर कम हुन्छ, त्यसैले रुनुका धेरै स्वास्थ्य लाभ छन् तर, धेरै रुनु हानिकारक हुनसक्छ ।
Discussion about this post