प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने भएका छन् । झापाको दमकमा निर्माण भएको १८ तले बिजनेस टावरको उद्घाटनका लागि प्रधानमन्त्री झापा जान लागेका हुन् ।
उक्त टावरको ५ वर्षअघि तत्कालीन प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए ।
चिनियाँ निर्माण कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम कम्पनीले २ अर्ब रुपैयाँको लागतमा निर्माण भएको हो ।
एक वर्षअघि नै निर्माण सकिएको टावरको आज उद्घाटन भएपछि व्यावसायिक रूपमा सञ्चालनमा आउने जनाइएको छ।
Discussion about this post