नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएसँगै हवाई भाडासमेत बढेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबारदेखि लागू हुने गरी भाडा बढाउने निर्णय गरेको हो।
काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६५ रुपैयाँ बढेको छ। काठमाडौं-धनगढी ९० रुपैयाँ, काठमाडौं–नेपालगञ्ज ६० रुपैयाँ र काठमाडौं–सुर्खेत ६५ रुपैयाँले भाडा वृद्धि भएको छ।
यस्तै काठमाडौं–विराटनगर ५० रुपैयाँ, काठमाडौं-भैरहवा ४०, काठमाडौं–पोखरा ३० र काठमाडौं–सिमरा १५ रुपैयाँले भाडा बढेको क्यानले जनाएको छ।
Discussion about this post