सेयर बजार आज पनि दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार १५.८३ अंकले बढेको नेप्से परिसूचक आज ३३.४१ अंकले बढेर २७१६.६६ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ४.५० अंकले बढेर ४७७.५७ विन्दुमा अडिएको छ।
नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि सोमबारो तुलनामा बढेको छ। यसदिन ३ स्क्रिप्सक १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता सेयर ७ अर्ब ४४ करोड ९ लाख ९ हजार ९८७ रुपैयाँ खरिबिक्री भए। अघिल्लो कारोबार दिन सोमबार ६ अर्ब ३४ करोड मुल्य बराबरको सेयर कारोबार भएको थियो।
आज तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था,युनाइटेड आईडीएल मार्दी आरबी हााइड्रोपावर कुथेली बुखार स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो। मिथिा लघुवित्त वित्तीय संस्थाको ९.६२ र अपर हेवाखोला हाइड्रोपावरक सेयर ८.८० प्रतिशतले बढ्यो।
४५ करोड मूल्य बराबरको सेयर कारोबार गरी नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो। नगदी ग्रुपको ३३ करोडको सेयर कारोबार हुँदा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको २८ करोड,कर्णाली डेभलपमेन्टको २५ करोड र जानकी फाइनान्सको २२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
यसदिन थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबारमा आएका २११ स्टक्सको मूल्य बढ्दा ३२ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रह्यो। सबै समूहको उपसूचकमा हरियाली छाएको छ।
Discussion about this post