सरोज पौडेल निर्देशित ‘पूर्णबहादुरको सारंगी’ले यतिबेला चलचित्रको बजारमा तहल्का मचाएको छ ।
हलभित्र दर्शक खचाखच छन् । टिकटको हाहाकार छ । फिल्म हेरेर हलबाट निस्किएका दर्शकहरु आँशु लुकाउन सकिरहेका छैनन् ।
चलचित्रबजारसँगै सामाजिक सञ्जाल समेत पूर्णबहादुरको सारंगी’ले तहल्का मचाएको छ । दर्शकहरुले फेसबुकमा चलचित्रको गुणगान गाइरहेका छन् । कोही फिल्मको टिकट नपाएको गुनासो पोखिरहेका छन् ।
‘पूर्णबहादुरको सारंगी’ले अहिलेसम्मकै सर्वाधिक ‘शो’ पाउने नेपाली चलचित्रको कीर्तिमान समेत बनाएको छ । जबकि पूर्णबहादुरको सारंगीलाई सुरुमा हलवालाहरुले पत्याएका थिएनन् । तर, ‘पूर्णबहादुरको सारंगी’ले दर्शकको माया र साथ पायो । पब्लिसिटी व्यापक भएपछि हल सञ्चालकहरु फिल्मको शो थप्न वाध्य भए । पहिलो र दोस्रो दिन फिल्मले ठिकठिकैको व्यापार गरे पनि तेस्रो दिनबाट चलचित्रले व्यापार पनी उकालो लागेको छ ।
Discussion about this post