मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायुका साथै देशभर स्थानीय वायु, पश्चिमी वायुका न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।
पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
यसैगरी, आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
Discussion about this post