HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

भारतको उडिसा र पश्चिम बंगालमा चक्रवात, १५ लाख विस्थापित

अप्सरा आचार्य by अप्सरा आचार्य
१० महिना अगाडि
in अन्तर्राष्ट्रिय, समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

भारतका पूर्वी राज्यहरू उडिसा र पश्चिम बंगाल क्षेत्रबाट आउन लागेको चक्रवातका कारण करिब १५ लाख मानिसलाई अन्यत्र सारिएको छ । भारतीय अधिकारीहरूले चक्रवात ‘दाना’ आगामी २४ घण्टासम्म सक्रिय रहने र यसले व्यापक क्षति पुर्‍याउने अनुमान गरेका छन् ।

 

भारतीय सञ्चार माध्यमहरूका अनुसार चक्रवातका कारण हुने क्षति न्यूनीकरण गर्न हजारौं राहत कार्यकर्ता खटाइएको छ । ‘दाना’ का कारण यातायात सेवा पहिले नै प्रभावित भएको छ, धेरै रेल सञ्जाल र हवाई उडानहरू रद्द भएका छन् । भारतको मौसम विभागले बंगालको खाडीमा बनेको न्यून चाप बिहीबार साँझसम्म ठूलो आँधीमा परिणत हुने जनाएको छ ।

आँधीका कारण तटीय क्षेत्रहरू १२० किमि प्रतिघन्टाको गतिमा हावाहुरी आउने बताइएको छ । बुधबार उडिसाका मुख्यमन्त्री मोहनचरण माझीले चक्रवातको मार्गमा रहेका जिल्लाका बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक व्यवस्था गरिएको बताएका थिए ।

अधिकारीहरूले खाना, पानी र स्वास्थ्य सुविधाहरूसहित अस्थायी राहत शिविरहरू तयार पारेको जनाइएको छ । ‘हामी आँधीसँग लड्न पूर्ण रूपमा तयार छौं । नआत्तिनुहोस्, सुरक्षित र सावधान रहनुहोस्,’ माझीले भनेका थिए ।

उडिसा राज्यका १४ जिल्लाबाट कम्तीमा १० लाख र पश्चिम बंगाल राज्यका तटीय क्षेत्रहरूबाट कम्तीमा ३ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । दुवै राज्यमा तटीय क्षेत्रका विद्यालयहरू बन्द गरिनुका साथै अधिकारीहरू र उद्धार टोलीहरू तयारी अवस्थामा रहेको जनाइएको छ

बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म भुवनेश्वर र कोलकाता सहरका विमानस्थलबाट उडान स्थगन गरिएको र आँधीका कारण २ सयभन्दा बढी रेल सेवा अवरुद्ध भएको जनाइएको छ ।

उडिसा र पश्चिम बंगालमा हरेक वर्ष ठूलो आँधी तथा चक्रवात आउने गर्छ । सन् १९९९ मा उडिसामा चक्रवातका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । गत वर्ष भारत र बंगलादेशमा आँधीका कारण कम्तीमा १६ जनाले ज्यान गुमाएका थिए ।

एजेन्सी

 

Previous Post

साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक नेप्से १८.२५ अंक घटेर २६२७ मा कायम

Next Post

पाल्पामा २२५ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

वीरगञ्जमा देखियो हैजा

by हो खबर
१४ घण्टा अगाडि
0

वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम...

Read more

यी स्थानमा भारी वर्षाको सम्भावना

२ दिन अगाडि

आज लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

३ दिन अगाडि

यी स्थानमा भारी वर्षा हुने,बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा प्रभाव

३ दिन अगाडि

बागलुङ विद्यार्थी बोकेको भ्यान दुर्घटना

५ दिन अगाडि
Next Post

पाल्पामा २२५ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि

Discussion about this post

भर्खरै

  • वीरगञ्जमा देखियो हैजा
  • यी स्थानमा भारी वर्षाको सम्भावना
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल भदौँ ९ गते सोमवार को राशिफल
  • आज लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
  • यी स्थानमा भारी वर्षा हुने,बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा प्रभाव

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.