माछालाई विश्वमा सबैभन्दा स्वास्थ्यकर खानेकुरा मध्ये एक मानिन्छ । माछामा हाम्रो शरीरलाई आवश्यक कयौँ प्रकारका पोषक तत्त्वहरू हुन्छन् ।
यसमा हाई क्वालिटीको प्रोटिनको साथमा ओमेगा–३ फ्याटी एसिड, भिटामिन डी, भिटामिन बी२, आइरन ,जिंक, आयोडिन, म्याग्नेशियम र पोटाशियम जस्ता स्वस्थ फ्याट पनि पाइन्छन् । यो मुटुको स्वास्थ्यका लागि पनि निकै राम्रो खानेकुरा हो । यसको सेवनले डिप्रेसन, टाइप १ मधुमेहको खतरा पनि कम हुन्छ ।
माछा मस्तिष्कका लागि फाइदाजनक
अनुसन्धानका अनुसार माछामा ओमेगा–३ फ्याटी एसिड हुन्छ । माछा मानव मस्तिष्कमा पाइने मेम्ब्रेन एन–३ एफएएसका लागि पनि निकै राम्रो मानिन्छ । माछाले वृद्धवृद्धाहरूमा हुने डिमेन्शिया जस्ता बिर्सने रोगलाई पनि भगाउन सक्छ । गर्भधारणको समयमा माछा खानु राम्रो हुने एक अध्ययनले देखाएको थियो ।
Discussion about this post