अमेजनका मालिक जेफ बेजोसलाई पछि पार्दै फेसबुकका संस्थापक मार्क जुकरबर्ग विश्वको दोस्रो धनाढ्य बनेका छन् । २०५ अर्ब डलर सम्पत्ति रहेको अमेजनका जेफ बेजोसलाई एक अर्ब डलर बढीले पछि पार्दै जुकरबर्ग दोस्रो स्थानमा चढेका हुन् ।
ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार जुकरबर्गको कुल सम्पत्ति २०६ अर्ब डलर (२७६ खर्ब रुपैयाँ) कटेको छ, जुन शीर्ष धनाढ्य एलन मस्कभन्दा ५० अर्ब डलरले कम हो ।मेटामा जुकरबर्गको १३ प्रतिशत शेयरहिस्सा रहेको छ । २०२४ यता मेटाको शेयरमूल्य बढ्दा जुकरबर्गसँग ७८ अर्ब डलरको सम्पत्ति थपिएको छ ।
सन् २००४ मा सामाजिक सञ्जाल फेसबुक ल्याएका ४० वर्षीय जुकरबर्गको अधिकांश सम्पत्ति मेटाका प्लेटफर्मको शेयरमा निर्भर छ । समाचार माध्यम सीएनएनका अनुसार बिहीबार मेटाको शेयर अहिलेसम्मकै उच्च बिन्दु (५८२.७७ डलर) मा पुगेको थियो । जसले जुकरबर्गलाई धनाढ्यको सूचीमा दोस्रो स्थानमा पुग्न भूमिका खेलेको छ ।त्यस्तै जुकरबर्गको सम्पत्ति बढ्नुमा कर्मचारी कटौती, ओरियन ग्लास जस्ता नवीनतम प्रविधिमा सफलता मिल्नु, एआईमा लगानीकर्ता आकर्षित हुनु आदिलाई पनि कारण मानिएको छ ।
Discussion about this post