साना बच्चाको आँखामा गाजल लगाइन्छ । यस्तो मानिन्छ कि गाजल लगाउँदा आँखा ठूलो, सुन्दर र स्वस्थ हुन्छन् । तर, यसो गर्दा साना बच्चाको आँखाका लागि हानिकारक पनि हुन सक्छ ।
आउनुहोस्, गाजलको कारण बच्चाको आँखामा पर्ने केही असरका बारेमा जानौँ ।नियमित रूपमा गाजल लगाउँदा साना बच्चाको आँखाको दृष्टिमा असर पर्न सक्छ । यो सानो गल्तीका कारण बच्चाको आँखाको दृष्टि बाल्यकालमै कमजोर हुन थाल्छ ।
चिलाउने समस्या
बजारबाट किनिएको केमिकलयुक्त गाजल लगाउँदा बच्चाको आँखा चिलाउने समस्या हुन सक्छ । यति मात्र होइन, गाजल आँखा रातो हुने र पोल्ने कारण पनि बन्न सक्छ ।
आँखाबाट पानी बग्न सक्छ
गाजलले बच्चाको आँखामा एलर्जी हुन सक्छ । एलर्जीको कारण आँखाबाट पानी बग्ने समस्या पनि उत्पन्न हुन सक्छ ।
यदि तपाईं आफ्नो बच्चालाई यस प्रकारका समस्याबाट बचाउन चाहनुहुन्छ भने, आँखामा गाजल नलगाइदिएकै राम्रो हुन्छ ।
Discussion about this post