कालो हुनु भनेको नराम्रो हुनु होइन् तर धेरै मानिसको सोचाइ यहि छ । गोरो बन्ने रहर धेरैलाई हुन्छ, गोरो र चम्किलो छाला बनाउन हामी बिभिन्न उपायहरु अपनाई रहेका हुन्छौँ । यसैका लागि मानिसहरुले धेरै रुपैयाँ पनि खर्च गरिरहेका हुन्छन् ।
विभिन्न कारणले मानिसहरुको गोरोपनमा कमी आउँछ, जस्तैटन्टलापुर घाम, प्रदूषण, अनुहारको दाग धब्बा आदि ।हाम्रो छाला धेरै नै संवेदनशील छ । बजारमा पाइने विभिन्न प्रकारका क्रिमहरुको प्रयोगले छालामा नराम्रो असर पर्नसक्छ । केही यस्ता घरेलु उपायहरु हुन्छन् जस्ले हाम्रो छालालाई गोरो र चम्किलो बनाइ अनुहार सुन्दर बनाउँन मदत गरि रहेका हुन्छ तर हामी ती उपायहरुलाई ध्यान दिदैँनौं ।
हामीले खाने खानाले पनि छालाको गोरोपनामा भूमिका खेल्छ । केही तरकारी तथा फलफूलमा भएका गुणहरुले हामीलाई प्राकृतिक रुपमै गोरो बनाउन मद्दत गर्छन् । घरेलु सामानको प्रयोगबाट छालामा निखार ल्याउन सक्छौं । छाला गोरो बनाउनको लागि धेरै मंहगो व्यूटी प्रोडक्ट पनि प्रयोग गरिरहेका हुन्छौँ तर सबैभन्दा राम्रो उपाय भनेकै घरमा भएको प्राकृतिक चीजहरुको प्रयोग गर्नु हो । छाला गोरो बनाउन घरेलु उपायहरु
१ दूध र केराको पेस्ट २० मिनेटका लागि लगाउने ।
२ गुलाब जललाई दूधसँग मिसाएर सधैं राति सुत्नुभन्दा अगाडि अनुहारमा लगाउने ।
३ काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।
४ घिउकुमारीको रसले मसाज गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ ।
५ बेसनमा, दूध या दही ,कागती या टमाटर राखेर बनाएको पेस्टे छालामा लगाउने ।
६ सुन्तलाको बोक्रको धुलोमा कागतीको रस मिसाएर लेप प्रयोग गर्ने।
७ कागती र मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ ।
८ प्रशस्त पानी पिउनाले तपाईको छाला सुख्खा हुनबाट बचाउछ।
९ डार्कसर्कल हटाउन आँखाको वरिपरी काँचो आलुको रसले हल्का मसाज गर्ने ।
१० महको केही थोपालाई कागती र थोरै दहीमा मिसाएर अनुुहारमा लगाउने ।
११ आँपको बोक्रालाई दूधमा पिसेरको पेस्ट लगाउने ।
छाला गोरो बनाउन यी बाहेक काँक्रा, बेसार, सुन्तलाको बोक्राको धुलो, मेवा, अण्डाको सेतो भाग प्रयोग गर्न सकिन्छ । फलफूल खाँदा र लगाउँदा पनि अनुहारको छालाका लागि फाइदाजनक हुन्छ । तर कुनै पनि सामग्रीको प्रयोग गर्दा आफ्नो छाला को प्रकार हेरी मात्र प्रयोग गर्नु ।
Discussion about this post