चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हाे ।
फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी समेत रहेका डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् ।
त्यस्तै, नेपाल सरकारको मुख्य सचिवमा एक नारायण अर्याल नियुक्त भएका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले गृह सचिव अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
Discussion about this post