परिवार नियोजनका साधन स्थायी र अस्थायी गरी दुई किसिमका हुन्छन् । स्थायी परिवार नियोजनको साधन बन्ध्याकरण हो, जुन पुरुष र महिला दुवै गर्ने सक्छन् । तर परिवार नियोजनको अस्थायी साधनका धेरै विकल्प छन् ।
गर्भनिरोधक उपाय अपनाउन नसक्दा गर्भ रहन सक्छ । यसरी सन्तानको रहर नभई वा कुनै योजना नै नभइ पनि कतिपयले बच्चा जन्माउनुपर्ने अवस्था आइलाग्छ । हुन त अनिच्छित गर्भ रोक्नका लागि चिकित्सा विज्ञानसँग अनेकन उपाय छन् । त्यसैगरी आकस्मिक गर्भनिरोधक चक्कीहरु समेत पाइन्छन् ।
परिवार नियोजनका साधनका लागि परामर्श तथा सेवा दुवै सरकारी स्वामित्वका अस्पताल तथा स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छ । अहिले धेरै प्रसुति तथा स्त्रीरोग बिशेषज्ञहरुले आफ्नो निजी क्लिनिकमा पनि परिवार नियोजनका परामर्श तथा सेवा दिन शुरु गरिसकेकोले डर र त्रास बिना आफ्नो चिकित्सकसंग सल्लाह गर्न सकिन्छ ।
Maternity

angelfertilityclinic
परिवार नियोजनका अस्थायी साधनहरूस् कन्डम वा ढाल ( पुरुष, महिला ), गुलाफ, पिल्स वा खाने चक्की, सँगिनी, तीन महिने सुई, कपर-टी, इम्प्लान्ट, डायफ्राम, फिँजचक्की, गोसीपोल्स, इकोन, आदि ।
परिवार नियोजनको अस्थायी साधनहरु र यसका फाइदा र बेफाइदा
कण्डम
कण्डम महिला र पुरुष दुवैले प्रयोग गर्न सक्छन् । परिवार नियोजनको साधनमा कण्डम सबभन्दा उत्तम अस्थायी साधन हो । यसको प्रयोग राम्रोसँग गर्न सकेमा असफल दर कम हुन्छ । सासाथै यौनजन्य रोगबाट पनि बचाउँछ । कण्डमलाई राम्रोसँग प्रयोग गर्न नसकेको खण्डमा भने असफल हुने संभावना १८ प्रतिशतसम्म हुन्छ ।
पिल्स
पिल्स चक्कीलाई दैनिक सेवन गर्नुपर्छ, छुट्टाउन मिल्दैन । नियमित रूपमा पिल्स खाएमा ‘फेलिएर’ हुने दर सबैभन्दा कम हुन्छ । राति खाने गरेको छ भने राति नै खाने र यदि राति बिर्सेमा भोलिपल्ट बिहानै खानुपर्छ । विशेष गरी पिल्स ४० वर्ष पछि र उच्च रक्तचापमा पिल्स खानु हुँदैन ।। पिल्सको साइड इफेक्ट भनेको सुरुमा वाकवाक लाग्ने, रिंगटा लाग्ने, खान मन नलाग्ने हुनसक्छ । लामो समयको प्रयोगमा यी समस्या सामान्य हुँदै जान्छ । साथै नियमित पिल्स खाएमा महिनावारी पनि नियमित हुन्छ ।
डिपोप्रोभेरा
डिपोप्रोभेरा तीन-तीन महिनामा दिने इन्जेक्सन हो, यसलाई तीन महिने सुई भनिन्छ । तीनमहिने सुई जुन सुकै उमेरमा पनि लगाउन सक्छन् । यसको फेलिएर दर भने पिल्समा भन्दा धेरै हुन्छ । इन्जेक्सन दिने व्यक्तिले राम्रोसँग दिन सकेन भने ३ प्रतिशत फेल हुने संभावना हुन्छ । यसले तौल बढ्यो भन्छन् । तर डिपोप्रोभेराले तौल बढाउदैन । महिलाले इन्जेक्सन लगाउदा कमजोरी भयो भन्दै धेरै खाना खाने हुनाले तौल बढेको हुन्छ । यसको प्रमुख असर भनेको महिनावारी नहुने हो । यदि महिनावारी भएमा धेरै रक्तस्राव हुनसक्छ । महिलाले डिपोप्रोभेरा लगाउन छाडेको ६–९ महिना पछि मात्र गर्भाधारण गर्न सक्छन् ।
इम्प्लान्ट
इम्प्लान्ट पाँच वर्षका लागि पाखुरामा राखिन्छ । यसमा प्रयोग हुने हार्मोन डिपोप्रोभेरा जस्तै भएकाले फाइदा बेफाइदा पनि उस्तै हुन्छ । पाँच वर्षपछि त्यसलाई निकाल्नुपर्छ । तर ८४ केजी भन्दा बढी तौल भएका महिलाले भने यसलाई चार वर्षमा नै निकाल्नुपर्छ । इम्प्लान्ट राख्न तालिमप्राप्त व्यक्ति हुनुपर्छ । यो शरीरभित्र राख्ने भए पनि यसले शारीरिक रूपमा कुनै पनि किसिमको असर गर्दैन ।
आईयूसीडी
आईयूसीडी एक पटक लगाएपछि १२ वर्षसम्म काम गर्छ । यो टी आकारको हुन्छ । आईयूसिडि अन्तर्गत कपरटी, लुप पर्दछन् । यसमा हार्मोन प्रयोग हुँदैन त्यसैले यसको प्रयोगले तौल गडबड हुने, महिनावारी गडबड हुने जस्तो समस्या देखिंदैन । तर महिनावारीमा बढी रक्तस्राव हुने समस्या भने हुनसक्छ । सुरुमा तल्लो पेट दुख्ने समस्या पनि हुनसक्छ ।
४० वर्ष पुगेपछि डिपोप्रोृभेरा, नरप्लान्ट, आईयूसिडिको प्रयोग गर्नुपर्छ । तर ४० वर्षपछि पिल्स भने खानुृ हुँदैन् । पिल्सले ४० वर्ष पुगेपछि उच्च रत्तचाप बढाउने, ह्दयघात हुने सम्भावना हुन्छ ।
Discussion about this post