हाम्रो गाउँघरमा दूध र बेसार, तातोपानीमा बेसार मिसाएर खाने गरिन्छ । आयुर्वेदका अनुसार बेसार औषधीय गुणले पनि भरिपूर्ण छ ।
बेसारमा प्राकृतिक रूपमै एन्टिइन्फ्लेमेटोरी तथा एन्टिअक्सिडेन्टको मात्रा प्रचुर रहन्छ । हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता विकास गर्न पनि यी तत्त्वले मद्दत गर्छन् ।
जानिराखौँ दूध–बेसार र बेसार पानी खानुका फाइदाहरू
–दूध स्वास्थ्यका लागि जति गुणकारी मानिन्छ, उत्ति नै बेसार पनि छ । यी दुबैमा औषधीय गुण पनि हुन्छ । दूध र बेसार आपसमा मिश्रण गर्दा थप गुणकारी बन्छ ।
–यसले शरीरको चिसो मात्र हटाउने काम मात्र गर्छ । दूधमा बेसार मिलाएर खाए यसले शरीरलाई न्यानो राख्छ र चिसोबाट जोगाउँछ ।
– जाडो मौसममा बेसारपानी पिउँदा यसले शरीरको इम्युनिटी बढाउँछ र हानिकारक भाइरसहरूबाट बचाउन मद्दत गर्छ ।
– बेसारपानीले मुटुका बिरामीलाई निकै फाइदा गर्छ । यसले कोलेस्ट्रोलको स्तर घटाउनुका साथै एथेरोस्क्लेरोसिसलाई रोक्छ र धमनीहरूमा रगत जम्ने समस्याबाट जोगाउँछ ।
– बेसारपानीको प्रयोगले मिर्गौलामा भएको खराब कोषहरू नष्ट गरी मिर्गौलाको कार्य सञ्चालन चुस्त बनाउँछ र सङ्क्रमण हुनबाट रोक्छ ।
– बेसार हालेको चिया मधुमेहका बिरामीका लागि पनि फाइदाजनक हुन्छ किनभने यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ ।
– बेसारको प्रयोगले जाडो मौसममा जोर्नी दुखाइको समस्या नियन्त्रण गर्न सकिन्छ ।
– बेसारपानीले छालालाई चम्किलो बनाउँछ र उमेरको प्रभाव बढ्न दिँदैन ।
– बेसारपानीमा कागती र मह मिलाएर पिउने हो भने यसले रगतबाट विषाक्त पदार्थहरू हटाउन मद्दत गर्छ ।
– बेसारपानीले शरीरमा बोसो जम्मा हुनबाट रोक्छ र तौल घटाउन मद्दत गर्छ ।
– बेसारपानीले स्मरण शक्तिसमेत बढाउँछ ।
– बेसारपानीले पाचन प्रक्रिया सुधार गर्न मद्दत गर्छ र ग्यास हुन दिँदैन ।
Discussion about this post