HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

फौजी किराले मकै सखाप

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in अन्तर्राष्ट्रिय
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

उत्तरी धादिङको खनियावास गाउँपालिका– १ झार्लाङका स्थानीय फौजी किराको प्रकोपबाट आजित बनेका छन् । बाली लाग्ने वेला भएको मकै सखाप पारेपछि स्थानीय चिन्तित बनेका छन् । गत वैशाखमा असिनापानीले जौ, गहुँ, केराउ, भर्खरै उम्रेका आलुलगायत बालीमा क्षति पुगेको थियो । असिनापानीले ठूलो क्षति व्यहोरेका किसानले केही महिनामै फौजी किराको प्रकोपले आजित पारेको किसान नासुन तामाङ बताउँछन् । ‘महामारीको चक्रमा त फस्यौँ नै । तर, लगाएको बाली भित्र्याएर जीविका चलाउँला भन्ने आस पनि रहेन,’ उनले भने, ‘वैशाखमा अन्य बाली असिनाले क्षति गरे पनि मकै राम्रो फल्छ भन्ने सोचेका थियौँ । तर, दुई सातादेखि फौजी किराले फल्नै लागेको मकैको गुभो खाएर सत्यनाशै बनायो ।’

खनियावासको उंगुल, नेक्सा, याङचेत, च्याङथली, फेङ्हुलगायतका करिब एक सय ५० रोपनी जग्गामा लगाएको मकै फौजी किराले सखाप पारेको तामाङले जानकारी दिए । ‘टोलमा मकै सखापै बनायो । एक–दुईजनाले औषधि प्रयोग गरे पनि किरा नियन्त्रणमा आएको छैन । चिमोट्दै मार्दै गरेका छौँ । तर, फौजी किराको प्रकोप यसरी आयो कि हामीले नियन्त्रण गर्नै सकेनौँ । हातैले मारेर साध्य नै भएन,’ उनले भने । आसपासका सबै किसानले एकैचोटि विषादी हाले मात्रै फौजी किरा नियन्त्रण गर्न सकिने खनियावास गाउँपालिकाका कृषि शाखा प्रमुख सुस्मिता तिवारीले बताइन् ।

‘फौजी किरा नियन्त्रणका लागि इमिडाक्लोरोपिड, इस्पिनोस्याड विषादी प्रयोग गर्न सकिन्छ,’ उनले भनिन्, ‘केही दिनअगाडि किसानले हामीलाई जानकारी गराएपछि विषादी दिएर पठाएका थियौँ । थोरै परिमाणमा मात्रै क्षति पु¥याएको थियो । अहिलेसम्म सखापै पारेको भए टोलटोलमा सबै किसानलाई विषादी उपलब्ध गराएर हाल्न लगाउँछौँ । ‘एउटा किसानले मात्र विषादी प्रयोग गरेर नियन्त्रणमा आउँदैन । पालिकामा विषादी उपलब्ध छ । सबै किसानले विषादी हाल्नुपर्ने हुन्छ । सुुरुमा भएकोभए प्राकृतिक शत्रु जीवबाट नियन्त्रण गर्न सकिन्थ्यो,’ उनले भनिन्, ‘अब सबै किसान मिलेर एकैचोटि छर्किन सके मात्रै नियन्त्रण हुन्छ । ढिला पाक्ने बालीमा फौजी किरा लाग्ने हुँदा जति छिटो विषादी हाल्न सकियो उति नै क्षति कम हुन्छ । विषादी हाल्न किसानले ढिला गर्नुहुन्न ।’

Previous Post

सुनको मूल्य बढ्यो

Next Post

तुलसी स्वास्थ्यका लागि निकै लाभदायी

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अन्तर्राष्ट्रिय

अत्यधिक गर्मी यस वर्ष युरोपमा

by हो खबर
२ महिना अगाडि
0

एजेनसी – यस वर्ष युरोपमा अत्यधिक गर्मी महशुश भएको छ। जलवायु परिवर्तनका कारण अत्याधिक गर्मी बढेपछि अहिलेसम्म युरोपमा २ हजार ३ सय...

Read more

१८ वर्षमा पहिलोपटक,पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

३ महिना अगाडि

टर्कीएमा शक्तिशाली भूकम्प

४ महिना अगाडि

भीषण असिनापानी र ठूलठूला असिना पर्दा सयौं गाडी र घरका झ्यालका सिसा फुटे

४ महिना अगाडि

आज एक सय १५औँ अन्तर्राष्ट्रिय नारी दिवस

६ महिना अगाडि
Next Post

तुलसी स्वास्थ्यका लागि निकै लाभदायी

Discussion about this post

भर्खरै

  • वीरगञ्जमा देखियो हैजा
  • यी स्थानमा भारी वर्षाको सम्भावना
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल भदौँ ९ गते सोमवार को राशिफल
  • आज लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
  • यी स्थानमा भारी वर्षा हुने,बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा प्रभाव

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.