मकवानपुरको मनहरी गाउँपालिका-३ मा बालिकालाई यौन दुर्व्यवहार गर्ने एक शिक्षक पक्राउ परेका छन् ।
आफैले पढाउँदै आएको छात्रालाई यौन दुर्व्यवहार गर्ने महेन्द्र ज्योति माध्यमिक विद्यालयका शिक्षक दिनेश उप्रेतीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
पक्राउ परेका उप्रेतीलाई अदालतमा म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरकाशिक्षक उप्रेतीले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले उजुरी दिएपछि पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्लामा चालु आवको ११ महिनामा बाल यौनजन्य घटना १४ वटा भएका छन् भने यही अवधिमा जबरजस्ती करणीका ५० वटा र जबरजस्ती करणी उद्योगका ६ वटा घटना भएका छन् । प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।
Discussion about this post