नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको कार सडकदेखि करिब सय मिटर तल खसेको थियो ।
दुर्घटनमा परी मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार घर भई हाल बुटवल उपमहानगरपालिका–१० बस्दै आएका चालक ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा–३ की ५७ वर्षीया श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते उनीहरुलाई उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
यसैगरी दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको स्वास्थ्य अवस्था मध्यम रहेको र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । दुर्घटना बुधबार साँझ करिब ८ बजेर २५ मिनेटको समयमा भएको थियो । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post