HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

महिनावारी औषधि स्वास्थ्यका लागि कति हानिकारक ?

HoKhabar by HoKhabar
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

चाडपर्व लगायत लामो यात्रा तथा अन्य विशेष अवसरमा महिलाहरूले महिनावारी सार्ने औषधि सेवन गर्छन् । नेपालीहरूको महान् पर्व बडादसैँ र तिहारमा  महिनावारीको समय पर्नेहरुले महिनावारी सार्ने औषधि बढी सेवन गर्ने स्त्रीरोग विशेषज्ञ डा श्रीप्रसाद अधिकारी बताउँछन् ।

यस समयमा स्वास्थ्यकर्मीको परामर्शबिना औषधि सेवन गरेको पाइन्छ । यसले भविष्यमा स्वास्थ्यमा गम्भीर खालका समस्या देखिने चिकित्सकहरू बताउँछन् । कतिपय महिलाले महिनावारी सार्ने औषधि सेवन गर्दा स्वास्थ्यमा समस्या आउँछ भन्ने जानकार हुन्छन् । तर घरमा पूजापाठ, श्राद्ध लगायतको बेला काममा असर नपरोस् भनेर महिनावारी सार्ने औषधि सेवन गर्छन् ।

अर्को थरी औषधि सेवनपछि हुने बेफाइदाबारे ज्ञान नभएर सेवन गर्ने गरेको डा. अधिकारी बताउँछन् । पछिल्लो समय सहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा बढी मात्रामा महिनावारी सार्ने औषधि खाइरहेका छन् ।

हरेक महिना २८ देखि ३९ दिनको बीचमा हुने प्राकृतिक चक्र महिनावारी सुरु हुन्छ । यसलाई चाहेर पनि रोक्न सकिदैन । तर पूजा, चाडपर्वको बेला यो टाउको दुखाइको विषय बन्छ । फलस्वरुप यसलाई रोक्न महिनावारी सार्न प्रयोग गर्ने औषधि हर्मोन चक्की सेवन गर्छन् । जसको कारण हर्मोन परिवर्तनले तत्कालका लागि महिनावारी सर्छ ।

स्वास्थ्यमा गम्भीर असर

महिनावारी पर सार्ने औषधिले हर्मोनलाई असन्तुलित बनाउँछ । यस्तोबेला औषधिका रुपमा परिवार नियोजनको साधन पिल्स लगायत सेवन गर्दा इस्ट्रोजेन र प्रोजेस्टेरोन नामक हर्मोन बढ्छ । तात्काल महिनावारी रोकिएपनि पछि रक्तस्राव बढी हुन सक्छ ।

पछि यसको असर देखिन्छ । जसमा वाकवाक लाग्ने, धेरै सेवन गरेमा शरीर सुन्निने, उच्च रक्तचाप, मोटोपन, रगत बाक्लो, तौल बढ्ने, स्तन दुख्ने, महिनावारी हुँदा पेट दुख्ने, डाक्टरको सल्लाहबिना धेरै पटक महिनावारी रोक्ने औषधि सेवन गरेमा भविष्यमा पाठेघरको क्यान्सरको जोखिमसमेत हुन्छ ।

खास गरी मुटुका बिरामी, बढी वजन भएका, विगतमा स्ट्रोक भएकालाई हर्मोनको औषधि सेवन हुँदैन । जथाभाबी औषधि सेवन गर्दा यदि गर्भ छ भने पेटमा रहेको बच्चालाई असर गर्छ । औषधि सेवनका समयमा गर्भ रहेमा बच्चालाई असर गर्ने हुने डरले गर्भपतन गराउने योजना बनाउँदा यसले झनै खतरा निम्त्याउँछ ।

महिनावारी गडबड भएपछि त्रास

महिलाहरू महिनावारी गडबड भएपछि अस्पताल पुग्ने गर्छन् । औषधि सेवन गर्न छाडेपछि महिनावारी भएन भन्ने गुनासो लिएर खास गरी किशोरीहरू आत्तिएर अस्पताल पुग्ने चिकित्सकको भनाइ छ ।

महिनावारी सार्ने औषधि सेवन गर्न छाड्ने बित्तिकै महिनावारी हुन्छ भन्ने धेरैलाई लाग्छ । तर, औषधि खान छाडेको केही दिनपछि मात्रै हुन्छ । महिनावारी सार्नका लागि खाने औषधि कति मात्रामा खाने, कुन उमेरकाले कति वजनको औषधि सेवन गर्ने, यो औषधिको असर के हुन्छ, औषधि सेवन गर्न हुन्छ कि हुँदैन ? यसबारे गम्भीर भएर ख्याल गर्नुपर्ने डा. अधिकारी बताउँछन् ।

नखाऔँ महिनावारी सार्ने औषधि 

खास गरी महिनावारी सार्ने औषधि ठुला पर्व दसैँ, तिहारमा बढी खपत हुन्छ । यस्तै, लामो समयसम्म गरिने पूजाहरूमा पनि धेरैले यो औषधिको सेवन गर्छन् । प्राकृतिक चक्रलाई जबरजस्ती रोक्न खोज्दा भविष्यमा स्वास्थ्यमा गम्भीर समस्या देखिन सक्ने भएकाले चक्र सर्ने औषधि सेवन गर्नु हुँदैन । अझ चिकित्सकको सल्लाहबिना जथाभाबी औषधि सेवन गर्दा झन् हानिकारक हुन सक्छ ।

नडराऔँ महिनावारीसँग 

त्यसो त महिनावारी पछि सर्ने औषधि नेपालमा मात्र नभई भारत, चीन, श्रीलङ्कालगायतका देशमा औषधि सेवन गरेर महिनावारी पर सार्ने गरेको पाइन्छ ।

मर्यादित महिनावारीबारे समुदायमा जानकारी नहुँदा आफैलाई हानी गर्ने औषधि सेवन गरेको पाइन्छ ।  महिनावारी रोक्ने औषधिले तुरुन्तै समस्या नदेखिए पनि यसले  दीर्घकालमा स्वास्थ्यमा गम्भीर समस्या ल्याउने डा.अधिकारी बताउँछन् । रातो पाटी  बाट साभार

Previous Post

यूरिक एसिड किन बढ्छ ? थाहा पाउनुहोश-

Next Post

मौसम : पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना-

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

by अप्सरा आचार्य
२ हप्ता अगाडि
0

डेंगु संक्रमणबाट  टेकु अस्पतालमा आईसीयूमा उपचारत २४ वर्षीया युवतीको मृत्यु भएको हो ।डेंगु संक्रमित उनी मंगलबार बेलुका अस्पतालमा भर्ना भएकी...

Read more

पालिएका कुखुरामा देखियो ‘भाइरस’

२ हप्ता अगाडि

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

१ महिना अगाडि

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

२ महिना अगाडि

महिनावारी ढिलाइ हुनुका आठ कारण

२ महिना अगाडि
Next Post

मौसम : पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना-

Discussion about this post

भर्खरै

  • वीरगञ्जमा देखियो हैजा
  • यी स्थानमा भारी वर्षाको सम्भावना
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल भदौँ ९ गते सोमवार को राशिफल
  • आज लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
  • यी स्थानमा भारी वर्षा हुने,बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा प्रभाव

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.