१. खानामा स्वदिष्ट पुदिना एक राम्रो माउथफ्रेशनर पनि हो ।
२. पुदिना पाचन क्रियाको लागि सर्बोत्तम बिकल्प हो ।
३. गर्मीमा लू लागेपछि पुदिना सेवन गराउनुपर्छ ।
४. बाडुली लागेको बेला पुदिना सेवन गर्नुपर्छ, ठीक हुन्छ ।
५. मुखको दुर्गन्ध हटाउन वा मुखभित्रको घाउको उपचार गर्न पुदिना उपयोगी हुन्छ ।
६. पुदिनाले केहि प्रकारको छाला रोग पनि निको पार्छ । छालाको समस्या भएको स्थानमा पुदिनाको लेप लगाउनुपर्छ ।
७. तपाई यात्रा गर्दै हुनुहुन्छ र वान्ता हुने समस्या छ भने, पुदिना सेवन गर्नुहोस् । यसले वान्ता रोक्छ । पुदीनाको ताजा पत्तालाई पिसेर मुर्छित व्यक्तिलाई सुँघाउनु पर्छ, मुर्छित अवस्थाबाट ब्युँझाउछ ।
८. पेटको दुखाई, अरुचीमा पुदिनाको रसमा जीरा, हिंग, मरिच र केहि नुन हालेर पकाउने ।
९. प्रसवको समयमा पुदिनाको रस पिउन दिनुपर्छ, प्रसव पीडा कम गर्छ ।
१०. पुदिनालाई पानीमा उसिनेर त्यसमा थोरै चिनी मिसाउनुपर्छ । यसलाई समय-समयमा पिउनुपर्छ, निर्बलता कम हुन्छ ।
११. धनिया, सोप र जीरा बराबर मिसाएर त्यसलाई भिजाएर पिस्नुपर्छ । त्यसमा एक सय ग्राम पानी मिसाएर छान्ने । यसमा पुदिनाको रस मिसाएर पिउनुपर्छ ।
१२. पुदिना पिसेर त्यसमा कागतीको रस मिसाउने । उक्त मिश्रणको लेप अनुहारमा लगाएर धुनुपर्छ । केहि दिन यो क्रम जारी राखेपछि अनुहारमा बेग्लै चमक आउँछ ।
१३. हैजामा पुदिना, प्याजको रस, कागतीको रस बराबर मात्रामा मिसाएर पिउनुपर्छ ।
रेसेपीः यसरी बनाउने पुदिनाको चिया
पुदिनामा भिटामिन ए, बि, सी, आइरन, क्याल्शियम र पोटासियमको मात्रा अधिक हुन्छ । यसलाई हामी अचार वा सलाद बाहेक चियाको रुपमा समेत सेवन गर्न सक्छौं ।
आवश्यक सामग्री
- पुदिनाको १०, १२ पात
- मरिच
- बीरे नुन
- दुध र चिनी (स्वाद अनुसार)
पुदिनाको चिया बनाउने विधी एकदमै सजिलो छ । थोरै मरिच, बीरे नुन र पुदिनाको पात पानीमा मिसाएर उमाल्ने । त्यसलाई छान्ने । अब चिया तयार भयो । यो चियामा चिनी र दुध पनि राखेर पिउन सकिन्छ ।
Discussion about this post