राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा आफ्ना सांसदले अमर्यादित शब्द उच्चारण गरेकोमा क्षमायाचना गरेका छन्।
प्रतिनिधि सभामा बजेटमाथिको छलफलका क्रममा रास्वपा सांसद शिशिर ढकालले ुप्रधानमन्त्री भारतबाट भैँसी चढेर आएको भनेपछि संसदमा हंगामा भएको थियो।
सोही विषयमा लामिछानेले आत्माआलोचना गदै क्षमायाचना गरेका हुन्।
लामिछानेले पछिल्ला दिनहरूमा संसदको गरिमा र मर्यादा कायम राख्ने विषयमा सांसदहरू चुकेको भान भएको पनि बताए।
हामी कहिँ न कहिँ लज्जित भएका छौं। भैंसी राँगाको विषयमा गफ गरेर पाँच वर्ष बिताउने हो भने गोबरबाहेक केहीपनि पाउन सक्दैनौं, लामिछानेले भने।
उनले आफ्ना दलका सांसदहरूबाट भएका कमिकमजोरीप्रति आत्मा आलोचना गर्ने बताए।
Discussion about this post