नेपालको मध्ये पहाडी क्षेत्र तथा उपत्यकामा पाइने अट्रिक्यसी परिवारको पोल्ने झार हो ।
यसमा औषधीय गुण रहेको हुन्छ र उमालेर यसलमई पकाएर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा पकाएपछि ती तत्वहरू नास भएर जान्छन् । पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो ।
यसमा हुने भिटामिन ए,भिटामिन सी, भिटामिन डी लौहतत्व,पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समय देखि प्रचलित छ। यसमा २५५ सम्म् प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो। यो अति मुल्यवान गउडा चीजु’ र यार्गमा स्वादको लागि प्रयोग गरिन्छ। नेपालको पहाडी क्षेत्रमा जनसङ्ख्याको बृद्दि तथा अन्य झारहरूको प्रसारले आजभोली सिस्नो पहिले जस्तो पाईदैन्र ।
कुनै समय गरीबीको अभावमा छाक टार्ने सिस्नो आजभोली पाँचतारे होटलको मेनुमा समावेश भएको देख्न सकिन्छ। त्यतिमात्र नभएर यो झोलिलो खानेकुराले स्वाद र स्वास्थ्य दुवैलाई फाइदा गदर्छ । सिस्नो विशुद्ध अर्ग्यानिक उत्पादन हो। ठूला–ठूला सुपरमार्केटमा सिस्नोको धुलो सजिलै पाउन सकिन्छ । सिस्नो स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।
१. सिस्नोमा प्रशस्त मात्रामा आइरन पाइने हुँदा महिलामा रक्तअल्पता र कमजोरी हुनबाट जोगाउँछ ।
२. कपाल झर्ने समस्या,डन्डिफोर, दाद लगायत छालाका रोग निर्मूल पार्न समेत सिस्नो उपयोगी हुन्छ ।
३. यसले पाचन प्रणाली मजबुत बनाउन सहयोग गर्दछ साथै, अपचको समस्या समाधान गर्छ ।
४. हाडजोर्नी दुख्ने वा बाथको समस्या भएका मानिसले सिस्नोको झोल खाएमा दुखाइ कम हुन्छ । यसकाे नियमित सेवन गर्दा मधुमेह र मुटुरोगबाट बच्न
सकिन्छ ।
५. यसले डिएनए क्षयीकरण हुनबाट बचाउनुका साथै नयाँ कोष निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
६. यो मानिसको लागि मात्र नभई जनावरका लागि पनि स्वस्थकर मानिने अनुसन्धानले देखाएको छ। गाई भैंसीलाई सिस्नो खुवाउँदा निरोगी हुनुको साथै दूध
बढी दिने गर्छ।
७. सिस्नोको फूल र जरा कुखुरालाई खुवाएर अण्डा उत्पादनलाई बढाउन सकिन्छ।
८. सिस्नोमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइवर, फस्फोरस र फलामजस्ता तत्व पाइन्छ।
९. पिसाबको संक्रमण हुनेहरुले पनि नियमित सिस्नो सेवन गर्दा फाइदा हुन्छ ।
१०. प्रोस्टेड ग्लाण्ड र बाथको समस्या भएका मानिसलाई राहत प्रदान गर्छ।
Discussion about this post