हाम्रो दिमागले सबै कुरा स्मरण गरिरहन सक्दैन । त्यसैले कति देखेको, सुनेको, भोगेको कुरा पनि हामी भुल्छौं । बितेका दिनका थुप्रै कुरा हामी स्मरण गर्न सक्दैनौं । ती सबै हाम्रो मस्तिष्कबाट विस्मृत भएर जान्छ ।
धेरै पुराना कुरा पनि होइन, महिना दिन, हप्ता दिन वा दुई दिनअघिको कुरा पनि हामी हुबहु स्मरण गर्न सक्दैनौं । यद्यपि हाम्रो दैनिक जीवनमा त्यसले खासै फरक पार्दैन । फरक त त्यसबेला पार्छ, जब क्षणभरकै कुरा पनि हामी बिर्सन पुग्छौं ।
हामीले गर्दागर्दैको काम भुल्यौं भने ? हिंड्दै गर्दाको बाटो भुल्यौं भने ? केही अगाडि चिनापर्ची भएका मान्छेलाई भुल्यौं भने ? गर्नुपर्ने कतिपय महत्वपूर्ण काम भुल्यौं भने ?दैनिक जीवन नै तहसनहस हुन्छ ।
डिमेन्सिया एक यस्तै समस्या हो, जसलाई बोलीचालीमा ‘बिर्सने रोग’ भनिन्छ । यो समस्या कतिसम्म जटिल हुन्छ भने दैनिक गर्दै आएको कामसमेत भुल्न पुग्छन् । खाना खान, दिसापिसाब गर्न, नुहाइधुवाइ गर्न समेत बिर्सन सक्छन् ।
के हो डिमेन्सिया ?
डिमेन्सिया मुख्यतया दुई प्रकारको हुन्छ, रिवर्सिबल (उल्टाउन मिल्ने) र अपरिवर्तनीय । रिवर्सिबलमा बिरामीलाई किन ? कुन कारणले गर्दा बिर्सने रोग लाग्ने थाहा पाएर रोग निको पार्न सकिन्छ । अपरिवर्तनीय डिमेन्सियामा समयअनुसार बिर्सने समस्या पनि बढ्दै जान्छ । यसमा बिरामीलाई निको पार्न सकिंदैन । रिवर्सिबल वयस्कलाई हुन्छ भने अपरिवर्तनीय ६५ वर्ष नाघेकालाई हुनेगर्छ । अल्जाइमर, फ्रन्टोटेम्पोरल, भास्कुलर डिमेन्सिया हुन् ।
कसलाई लाग्छ ?
डिमेन्सिया प्रायः ६५ देखि ७० वर्ष उमेरका मानिसमा हुने गरेको देखिन्छ । यो वयस्कलाई पनि हुन सक्छ । वयस्कलाई जीवनशैली, पारिवारिक वातावरण र तनावका कारण पनि डिमेन्सिया हुने गर्छ । साथै आर्थिक स्थिति कमजोर र मध्यम आयका देशमा यो रोग बढी देखिन्छ ।
के कारणले लाग्छ ?
एमआईलोजी नामक प्रोटिन मस्तिष्कमा जम्मा हुँदै जाँदा मस्तिष्कका सेलहरु निष्क्रिय हुन्छन् । जसले डिमेन्सिया हुने गर्छ । भिटामिन डी–१२ को कमी, फोलिक एसिडको कमी, थाइराइडको समस्या, मस्तिष्कको कुनै संक्रमण भएमा, तनाव, चिन्ता, डिप्रेसनका कारण डिमेन्सिया हुने गर्छ । यस्तै धुम्रपान, मद्यपान, मस्तिष्कको नसा सुकेमा र नर्मल प्रेसर हाइड्रोकिप्फलस (मस्तिष्कमा पानी खल्ने ठाउँ) सुन्निएमा पनि यस्तो समस्या हुन्छ ।डिमेन्सियाको लक्षण तीन चरणमा देखिन थाल्छन्– माइल, मोड्रेत र सिबिएर ।
पहिलो चरण माइड : हल्का बिर्संदै जस्तो आफूले राखेको सामान कहाँ राखें भनेर बिर्संदै जाने हुन्छ । यसमा बिरामीलाई औषधि मार्फत रोग नियन्त्रण गर्ने गरिन्छ ।
दोस्रो चरण मोडरेत : अलि जटिल समस्या देखिन थाल्छ यो चरणमा । घर जाने बाटो बिर्सने, ठाउँको नाम बिर्सने र परिवारको सदस्य नचिन्ने हुन्छ । यसमा दुई थरीको प्रयोगले केही हदसम्म बिर्सने क्षमता न्यूनीकरण गर्न मद्दत गर्छ ।
तेस्रो चरण सिबिएर : जटिल समस्या देखिन थाल्छ यो चरणमा । बिरामी बोल्न नसक्ने, बोलेको नबुझ्ने, खान खान, पकाउन बिर्सने हुनुका साथै आफूले मुखभित्र रहेको खाना चपाउन नै बिर्सने हुन्छन् । यसमा केयर होममा राखेर वा चिकित्सकले बिरामीलाई हेरविचार गर्ने तरिका सिकाएर त्यसको बिरामीलाई सहज बनाउने गरिन्छ ।
यसको जटिलता
डिमेन्सियामा सुरुसुरुमा आफूले राखेको सामान कहाँ राखेको बिर्सने, खान बिर्सने, आफूले के गर्न लागेको त्यो बिर्सने हुन्छ । बिस्तारै आफ्नै घर बिर्सने, परिवारको सदस्य नै निचिन्ने, खाना खाइरहेको छ भने खाना चपाउन बिर्सने यस्ता जटिल समस्या देख्न थाल्छन् । बोल्न पनि सक्नुहुन्न उहाँहरु बोलेको पनि नबुझ्ने भएर जाने हुन्छ । खाना सर्केर निमोनिया हुने, संक्रमण बढ्ने ज्यानको जोखिम पनि हुन्छ ।
डिमेन्सिया भएपछि के गर्ने ?
डिमेन्सिया भएको भनेपछि मानिस तर्सिने गर्छन् । तर डिमेन्सियाको उपचार दुई किसिमबाट गर्ने गरिन्छ, औषधि र हेरचाहबाट ।वयस्कका बिरामीलाई डिमेन्सिया छ भने के कारणले भएको पत्ता लगाएर औषधिले निको पार्न सकिन्छ । यो रिवर्सिबल डिमेन्सिया हो । तर वृद्धवृद्धालाई डिमेन्सिया निको हुँदैन । यसमा औषधि र चिकित्सकको सल्लाहअनुसार बिरामीको हेरचाह गरेर बिर्सने क्षमता न्यूनीकरण मात्र गर्न सकिन्छ । निको हुँदैन, यो अपरिवर्तनीय डिमेन्सिया हो । यसमा बिरामीलाई बच्चालाई जस्तै स्याहार गर्नुपर्ने हुन्छ ।
औषधिले निको हुन्छ ?
यदि रिवर्सिबर डिमेन्सिया हो भने कारण पत्ता लगाएर भए औषधिबाट निको हुन्छ । जुन लगभग २० प्रतिशत बिरामीलाई देखिएको पाइन्छ । अपरिवर्तनीय डिमेन्सिया भए निको हुँदैन, नियन्त्रण मात्र गर्न सकिन्छ । यो उमेर अनुसार बढ्दै जान्छ । यी खालको बिरामी ८० प्रतिशतमा यस्तो समस्या हुन्छ ।
डिमेन्सिया रोग लाग्नै नदिन के गर्ने ?
डिमेन्सिया रोग लाग्नै नदिने भन्ने हुँदैन । यसलाई नियन्त्रण गर्न मात्र सकिन्छ । उमेर बढ्दै गएपछि यस्तो समस्या कसैमा बढी कसैलाई कम देखिन्छ । कम गर्न यी कुरामा ध्यान दिनुपर्छ । स्वस्थकर खाना खाने, नियमित व्यायाम गर्ने, माटोपनलाई नियन्त्रण गर्ने, धुम्रपान, मध्यपान नगर्ने, तनावबाट टाढा रहने, रचनात्मक काम गर्ने गदाए डिमेन्सिया हुनबाट बच्न सकिन्छ ।
Discussion about this post