HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

तपाइको टाउको दुख्छ ? यस्ता राेगकाे हुन सक्छ संकेत

HoKhabar by HoKhabar
२ वर्ष अगाडि
in समाचार, स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

टाउकोको कुनै भागमा महसुस गरिने दुखाइलाई सामान्यतया टाउको दुखेको भनिन्छ । मस्तिष्कको आवरण, धमनी र मांसपेशीमा हुने पीडा नै टाउको दुख्नु हो, यो संवेदनशील हुन्छ । टाउको दुख्नु साझा समस्या हो । अधिकांश व्यक्तिले कहीँ न कहीँ टाउको दुखिरहेको गुनासो गरिरहेका हुन्छन् । खासगरी टाउको दुखाइ पनि विभिन्न प्रकारका हुन्छन् । मेडिकल भाषामा टाउको दुखाइलाई प्राइमरी र सेकेन्डरी गरी दुई भागमा वर्गीकरण गरिएको छ । आजको नयाँ पत्रिकामा डा. दीपेश शाक्यले यसबारे जानकारी दिएका छन् ।

प्राइमरी हेडेक

प्राइमरी हेडेकअन्तर्गत टेन्सन हेडेक, माइग्रेन, कलस्टर आदि पर्छन् । करिब ६५ प्रतिशतमा टेन्सन अर्थात् तनावका कारण टाउको दुख्ने गर्छ । जति तनाव बढ्दै जान्छ, त्यति मात्रामा टाउ को कस्सिएको जस्तो महसुस हुन्छ । टेन्सन हेडेक दुई/तीन दिनसम्म रहन सक्छ । रमाइलो माहोलमा जाँदा वा अलि शान्त स्थानमा जाने हो भने टेन्सेन हेडेक आफैँ ठीक भएर जान्छ । माइग्रेन कडा खालको टाउको दुखाइ हो । यो ३ घन्टा देखि ७२ घन्टासम्म हुन सक्छ ।

माइग्रेन हुनुअघि औडाहा हुने गर्छ । यो प्रकारको दुखाइमा टाउकाको कुनै एक भागमा समस्या देखिन्छ । वाकवाकी लाग्ने, बान्ता हुने, उज्यालोमा हेर्न असहज हुनेजस्ता लक्षण देखिन्छन् ।

हरेक व्यक्तिमा एउटै मौसममा झन्डै एकै समयमा समस्या देखिनु कलस्टर हो । उदाहरणका लागि, यदि कुनै व्यक्तिमा वर्षायामको बीचतिर टाउको दुख्ने समस्या छ भने अको वर्ष पनि सोही मौसमको सोही समयमा टाउको दुख्ने गर्छ । यस्तो समस्या एक महिनासम्म रहन सक्छ । यो अचानक टाउको दुख्ने समस्या हो, जुन लगातार ३ देखि ४ घन्टासम्म रहन सक्छ। आँखा रातो हुने, आँसु बग्ने, नाकबाट पानी बग्ने, छटपटी हुनेजस्ता लक्षण देखिन्छन् ।

सेकेन्डरी हेडेक
दिमागमा कुनै खालको ट्युमर भएमा, संक्रमण भएमा, दाग र नसा फुटेर प्रेसर बढेमा सेकेन्डरी हेडेक हुने गर्छ । यो निकै कम व्यक्तिमा हुने समस्या हो । जुन निकै घातक पनि हुने भएकाले कारण पत्ता लगाएर सकेसम्म छिटो उपचार गर्नुु आवश्यक हुन्छ ।

के गर्ने 
अधिकांशमा टाउको दुख्ने सामान्य समस्या हो भन्ने भ्रम व्याप्त छ । टाउको दुखाइ अन्य रोगको लक्षण पनि हुन सक्ने भएकाले समयमै परीक्षण गर्नुपर्ने हुन्छ । सामान्य खालको टाउको दुखाइले पनि स्वास्थ्यमा अन्य गम्भीर समस्या ल्याउन सक्छ । जथाभावी रूपमा पेनकिलरको प्रयोग भने गर्नुहुँदैन । स्वास्थ्यमा अन्य असर पार्न सक्ने भएकाले चिकित्सकको सल्लाहमा मात्रा औषधि प्रयोग गर्न गर्नुपर्छ ।

Previous Post

भैरहवाबाट साताको दुई उडान गर्दै नेपाल वायुसेवा,क्वालालम्पुर उडान गर्ने

Next Post

एसइईको तयारी सकियो, १४ जना विद्यार्थी ले जापानबाटै परीक्षा दिने

HoKhabar

HoKhabar

Related Posts

समाचार

भूकम्प पीडितको टहरामा ढुंगा खस्दा दिदी–बहिनीको मृत्यु

by अप्सरा आचार्य
३७ मिनेट अगाडि
0

जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दिदी-बहिनीको भिरमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा नरबहादुर...

Read more

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

२४ घण्टा अगाडि
सांकेतिक तस्बिर

अर्घाखाँचीमा जिप दुर्घटना

१ दिन अगाडि
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

जनकपुरमा ज्वाइँद्वारा ससुराको हत्या

२ दिन अगाडि

बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

३ दिन अगाडि
Next Post

एसइईको तयारी सकियो, १४ जना विद्यार्थी ले जापानबाटै परीक्षा दिने

Discussion about this post

भर्खरै

  • भूकम्प पीडितको टहरामा ढुंगा खस्दा दिदी–बहिनीको मृत्यु
  • गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ
  • गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ
  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल ?
  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

ट्रेन्डिङ

  • सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल ?
    ८ घण्टा अगाडि
  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
    ८ घण्टा अगाडि
  • गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ
    ४७ मिनेट अगाडि
  • भूकम्प पीडितको टहरामा ढुंगा खस्दा दिदी–बहिनीको मृत्यु
    ३७ मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.