विश्वमा सर्वाधिक लोकप्रिय बन्दै गएको चिनिया एप टिकटका सिइयो से जी च्युले नै आफ्ना छोराछोरीलाई टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाएको खुलेको छ । एक कार्यक्रममा उनले सो कुरा खुलाएका हुन् । तर उनले किन प्रयोग गर्न दिदैन् भन्ने बताएनन ।
टिकटका सिइयो से जी च्यु अमेरिकी संसद्बमा घेरिएका छन् । अमेरिकी कंग्रेसमा उपस्थित भएका संसदको तिखो प्रश्नको सामना गरेका छन् । चार घन्टासम्म चलेको सुनवाइमा अमेरिकी सांसदहरुले यस्ता धेरै प्रश्न सोधे जसको उत्तर टिकटकका सिइओले दिन सकेन् ।
आफ्ना प्रश्नहरुमा अमेरिकी सांसदहरुले टिकटक प्रयोगकर्ताहरूको डाटाको गोपनियता यसलाई चीनिया सरकासँग साझेदार गर्ने र एपको मनोवैज्ञानिक प्रभाव हरूमाथी प्रश्न उठाएका थिए । अमेरिकाले टिकटको अगाडि दुई विकल्प राखेको छ जसमा अमेरिकामा टिकटको व्यापार बेच्ने वा प्रतिबन्धको सामना गर्न तयार रहन भनिएको छ । अमेरिकी सांसदहरुले प्रश्न गरेपछि टिकटकका अधिकांश प्रश्नको जवाफ नपाएको बताएका छन् ।
Discussion about this post