HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

पिसाब परीक्षणबाट के रोग पत्ता लाग्छ ? थाहा पाउनुहोस्

HoKhabar by HoKhabar
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

समस्या लिएर अस्पताल पुगेका बिरामीलाई कतिपय अवस्थामा पिसाब परीक्षण गर्न लगाइन्छ । पिसाब जाँचले केवल मूत्रनलीको समस्याबारे मात्र बताउँदैन । यसले अरु धेरै समस्या पहिचान गर्न सकिन्छ ।

पिसाबको संक्रमणदेखि दीर्घरोगको स्थिति पत्ता लगाउन समेत पिसाबको जाँच गरिन्छ ।

के के रोग पत्ता लाग्छ ?

मूलतः पिसाबमा देखिने संक्रमण, मधुमेह र प्रोस्टेटको समस्याबारे पिसाब जाँचबाट पत्ता लगाउन सकिन्छ । युरिन कल्चर गरेर पिसाबमा कस्तो खालको कीटाणु छ, त्यसलाई कसरी न्युनीकरण गर्ने, कुन औषधि दिने भन्ने कुरा टुंगो गरिन्छ ।

प्रायः ४० वर्ष पार गरेका पुरुषमा प्रोस्टेटको समस्या देखिन थाल्छ । उनीहरुलाई छिटो छिटो पिसाब लाग्ने, जलन हुने समस्या हुन्छ । यस्तो अवस्थामा पिसाब जाँच गरिन्छ । पत्थरी, ट्युमर, मधुमेह, उच्च रक्तचापको स्थिति पत्ता लगाउन पिसाब जाँच गरिन्छ ।

कहिलेकाहीं पिसाबमा रगत देखिने समस्या पनि हुन्छ । यसले मिर्गौला रोगको संकेत गर्छ । पिसाबमा रगत देखिएको छ र त्यो के कारणले हो भन्ने निक्र्यौल गर्न पनि पिसाब परीक्षण गरिन्छ ।

कुन–कुन अवस्थामा जाँच गर्ने पिसाब ?

क्षणक्षणमा पिसाब लाग्ने, पिसाबमा रगत देखिएमा पिसाब जाँच गर्नुपर्ने हुन्छ । त्यसो त सामान्य रोग बिराममा पनि पिसाब जाँच गर्नुपर्ने हुन्छ । यसले थुप्रै कुरा पत्ता लगाउन सकिन्छ । शरीरको भित्री अंगको स्थिति पत्ता लगाउन पनि पिसाब जाँच गरिन्छ ।

पिसाब जाँच गर्नुअघि के कुरा ध्यान दिने ?

सामान्यतया युरिन इन्फेक्सनमा बिहानको पिसाब उपयुक्त मानिन्छ । त्यसमा पनि पहिलो पिसाब नभई दोस्रो पिसाब झन् उपयुक्त भनिन्छ । त्यसमा रिपोर्ट सफा देखिने सम्भावना बढी हुन्छ । यस्तो भन्दैमा अरु बेला पिसाब जाँच गर्दै नगर्ने भन्ने होइन । यो रोगअनुसार फरक फरक हुन्छ ।

माइक्रोप्रोस्टेट छ कि छैन थाहा पाउन २४ घण्टाभित्रको पिसाब जम्मा गराइन्छ । क्यान्सरको बिरामीलाई भने समयावधि नै तोकेर पिसाब जाँच गराइन्छ । यदि ट्युमरको बिरामी छ भने बिरामीले पिसाब जाँच गराउनुअघि दुई तीन गिलास पानी खान लगाइन्छ । किनकि त्यसले पिसाबमा पनि ट्युमरका कणहरु देखिन सक्छन् ।

पिसाबको रंग र गन्ध

सफा, हल्का पहेंलो, पारदर्शी र थोरै गन्ध भएको पिसाब सामान्य मानिन्छ । यस्तो छ भने शरीर स्वस्थ छ भन्ने अर्थ लाग्छ । एकदम सेतो, गाढा पहेंलो, धुलो मिसिएको जस्तो पिसाब देखिएमा जाँच गराउनुपर्ने हुन्छ । यसले शरीरमा केही खराबी छ भन्ने संकेत गर्छ ।

एक व्यक्तिले औसत कति पिसाब फेर्नुपर्ने हुन्छ ?

यसमा यति नै भन्ने हुँदैन । मान्छेको काम, जीवनशैली, खानपान, आनीबानी यसमा कारण हुन्छ । राति चाहिं सामान्यतः दुई पटकसम्म पिसाब लाग्नु ठीकै हो । यदि धेरै पटक पिसाब लाग्छ भने कुनै समस्या हुन सक्छ ।

पिसाबले गर्छ रोगको संकेत
क्षणक्षणमा पिसाब लाग्नु वा एकदमै लामो समयमा मात्र पिसाब लाग्नु दुवै समस्या हो । पानी खाएको बेला पनि पिसाब लाग्दैन भने मिर्गौलामा खराबी हुन सक्छ भन्ने संकेत गर्छ । यदि छिटोछिटो पिसाब लाग्ने, पिसाब गर्न असहज हुने, जलन हुने गर्छ भने प्रोस्टेटको समस्या हुन सक्छ । प्रोस्टेट बढेपछि पिसाबको धारा मसिनो हुने, पिसाबको गति कम हुने, पिसाब फेरेपछि पनि निथ्रिएको जस्तो नहुने लक्षण देखिन्छ । यस्तो समस्या जटिल बन्दै गएपछि त्यसले पछि मिर्गौलालाई समेत असर गर्छ । अनलाइनखबर

Previous Post

नायिका पूजा शर्माले किन अचानक यस्तो घोषणा गरिन् ?

Next Post

खाना पकाउने एलपी ग्याँसको खपत निरन्तर घट्दो क्रममा

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

by अप्सरा आचार्य
२ हप्ता अगाडि
0

डेंगु संक्रमणबाट  टेकु अस्पतालमा आईसीयूमा उपचारत २४ वर्षीया युवतीको मृत्यु भएको हो ।डेंगु संक्रमित उनी मंगलबार बेलुका अस्पतालमा भर्ना भएकी...

Read more

पालिएका कुखुरामा देखियो ‘भाइरस’

२ हप्ता अगाडि

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

१ महिना अगाडि

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

२ महिना अगाडि

महिनावारी ढिलाइ हुनुका आठ कारण

२ महिना अगाडि
Next Post

खाना पकाउने एलपी ग्याँसको खपत निरन्तर घट्दो क्रममा

Discussion about this post

भर्खरै

  • वीरगञ्जमा देखियो हैजा
  • यी स्थानमा भारी वर्षाको सम्भावना
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल भदौँ ९ गते सोमवार को राशिफल
  • आज लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
  • यी स्थानमा भारी वर्षा हुने,बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा प्रभाव

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.